काठमाडौं । दशैँ लाग्यो घरमा घोर्ले खसीको खोजिमा हुनुहुन्छ ? तपाँई फुलपाती, अष्टमीमा काटिने खसी बोकाको खोजिमा हुनुहुन्छ भने चिन्ता नलिनुहोस । अहिले बजारमा गतवर्षभन्दा सस्तो मुल्यमा खसिबोका पाँइदैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य भन्दा केजीमै ५० रुपैयाँदेखी १ सय रुपैयाँ सस्तोमा खसीबोका बेच्ने भएको छ ।