काठमाडौँ । साताको अन्तिम दिन आज बिहीबार शेयर बजार ३२.५१ अङ्कले घटेको छ । निरन्तर घटिरहेको शेयर बजार हिजो करिब ५१ अङ्कले बढेको थियो । आज अन्तिम दिन फेरी बजार ३२.५२ अङ्कले ओरालो लागेको छ । आज नेप्से ३२.५१ अङ्कले घटेर परिसूचक २६३३.४२ अं कमा पुगेर बन्द भएको हो ।