काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा १७ लाख ३६ हजार ७०१ अ जानले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।