काठमाडौं । माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी। आज देशभर विद्या, बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीको विशेष पूजा–आराधना गरी मनाइँदैछ। वसन्त ऋतुको आगमनको सङ्केत गर्ने यस दिनलाई ‘वसन्त पञ्चमी’ का रूपमा पनि चिनिन्छ। आजको दिन पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानेर पूजा गर्ने मौलिक परम्परा छ। विशेषगरी बालबालिकालाई अक्षरारम्भ