२४ भदौ २०८३, बुधबार

समाज

बुधबार हालसम्मकै सर्वाधिक ३४ सय ३९ जनामा कोरोना, १५ जनाको ज्यान गयो

काठमाडौं । बुधबार नेपालमा थप ३४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।देशभरका प्रयोगशालामा गरिएको जाँचमा ३४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।