काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा गएको पहिरोमा परी बेपत्ता २ जनाको शव फेला परेको छ भने अझै २२ जना हराइरहेका छन् । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाले केही बेरअघि दिएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय