८ कार्तिक २०८३, आइतबार

समाज

कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ

बारा । राहतका लागि कुहिएको दाल बिक्री, वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई करिब साढे तीन वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले जानकारी दिनुभयो ।