काठमाडौं । सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले दिनुभएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालयले खटाएको अस्पतालमा काम गर्ने गरी चिकित्साशास्त्र अध्ययन संस्थान नेम्समा अध्ययनरत चिकित्सकको टोली