समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

राष्ट्रिय युवा परिषद्ले कोरोना विरुद्ध युवा परिचालन गर्ने

काठमाडौँ। राष्ट्रिय युवा परिषद्ले कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ । वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध युवाले आ–आफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयंसेवकीय भूमिका निर्वाह गर्ने गरी युवा परिचालन गर्न थालेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिनुभयो