काठमाडौँ । क्यान्सर रोग पीडित प्रेम कुमार घर्तीको उपचारका लागि बागलुङ समाज जापानले आर्थिक सहयोग प्रदान गरेको छ। बागलुङको तमानखोला गाउँपालिका–१ का क्यान्सर रोग पीडित घर्तीको उपचारार्थ बागलुङ समाज जापानले १ लाख ६३ हजार बढी रकम सहयोग गरेको हो परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि घर्तीको उपचार समस्या भइरहेको थियो