काठमाडाैं । नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि (रिटेल पल्स ड्युरेसन) मा परिमार्जन गरिएको छ । यस अनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा इन्टरनेसनल एक्सेस कोड ००/१४२४/१४२५/१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।