७ श्रावण २०८३, बिहिबार

प्रविधि

पाँच वर्षमा झण्डै आधा घट्यो एनसेलको ब्यापार, आम्दानी खुम्चिएपछि नेपालीलाई महँगोमा सेयर बेचेर उम्किने दाउ

काठमाडौं । एनसेल त्यस्तो कम्पनी हो, जसले लाभांश लैजाँदा नेपालसँग भएको विदेशी मुद्राको ढुकुटी नै धरमराउँछ । थोरै पूँजी ल्याएर दूरसञ्चारको ब्यापार गरिरहेको एनसेलले ठूलो मात्रामा नेपालबाट डलर लगिरहेको छ । सन् २०१६ मा मलेसियाको कम्पनी आजियाटाले खरीद गरेपछि लगातार उकालो लागिरहेको एनसेलको ब्यापार हालका वर्षमा भने खुम्चिएको छ ।