२० भदौ २०८३, शनिबार

विश्व बजार

चीनसँग भारतले युद्ध गरेमा अर्थतन्त्र झनै कमजोर हुनेः ग्लोबल टाइम्स

काठमाडौं । भारतसँग सीमाविवाद चलिरहँदा चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले एक लेख छापेर भारतलाई चेतावनी दिएको छ । चीनसँग संघर्ष जारी राखेमा भारतले ठूलो मूल्य चुकाउनुपर्ने उसको चेतावनी छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतका लागि वास्तविक नियन्त्रण रेखाको अग्लो स्थानमा ठूलो संख्यामा सैनिक तैनाथ गर्नु निकै महंगो पर्नेछ ।