काठमाडौं । किर्गिजस्तानका प्रधानमन्त्री सादिर जापारोभलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको छ । राष्ट्रपति सूरोनबे जीन्बेकोभले राजीनामा दिएपछि बुधवारमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका जापारोभलाई नयाँ जिम्मेवारी दिइएको हो । किर्गिजस्तानमा हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा विपक्षी दलका नेता र प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध पनि