२० भदौ २०८३, शनिबार

विश्व बजार

अन्ततः टीआरपी बढाएको आरोपमा भारतका पत्रकार गोस्वामीमाथि मुद्दा पर्यो

काठमाडौं । पैसा दिएर टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट्स) बढाएको आरोपमा भारतको रिपब्लिकन टीभीका सञ्चालक एवं कार्यक्रम प्रस्तोता अर्नब गोस्वामीमाथि मुद्दा दायर गरिने भएको छ । अर्नब गोस्वामीको रिपब्लिक टीभीले पैसा दिएर टीआरपी बढाएको आरोप लागेको हो । मुम्बई प्रहरीले अर्नबको रिपब्लिक टीभीसहित तीन च्यानलमाथि पैसा दिएर टिआरपी बढाएको जनाएको छ