काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढिरहेको छ । नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह रोकिएका छैन । यसले नेपालबाट बाहिरिने विदेशी मुद्रा पनि बर्सेनि बढ्दै गएको छ। पछिल्लो केही वर्षदेखि विदेश अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या र सो मार्फत बाहिरिने विदेशी मुद्रा निरन्तर बढेको तथ्याङ्कले देखाउँछ ।