सहकारीमा कालो धन छ भने प्रमाण ल्याउनुहोस: अध्यक्ष कंडेल « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

सहकारीमा कालो धन छ भने प्रमाण ल्याउनुहोस: अध्यक्ष कंडेल



राज्यले लागु गरेका कानुहरुलाई पालना गर्नुपर्ने सबैको दायित्व रहेको, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले बताएका छन । सरकारले गैरकानुनी रुपमा कार्य गर्न कसैलाई पनि छुट नदिएकाले सबै सहकारीहरुले उत्तरदायी भएर काय गर्नुपर्ने उनले बताएका छन ।

‘सहकारीमा सम्पत्ती सुद्धीकरण निवारण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने सहकारीमा कालो धन राख्ने चलन छ भन्ने बजारमा हल्ला रहेको र यदि कालो धन राख्ने सहकारीहरु छन् भने प्रमाण लिएर आउनु । यदि कसैलेपनि कानुन विपरित कमाएको धन सहकारीमा राखेका छन् भने कारवाहीको लागि सहजीकरण गर्न तयार रहेको उनले बताए ।’

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीका लागि आवश्यक पर्ने कालोधन सुद्धिकरण योजना बनाउने र कार्यान्वयन गरिरहेको बताए । सहकारी क्षेत्रमा नितान्त आर्थिक कारोवार हुने भएकाले अति जोखीम रहेको उनी बताउँछन । सहकारी ऐन विपरित कार्य गर्ने थुप्रै संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याएको उनले दावी गरे । गैर कानुन रुपमा कार्य गरेका संस्थालाई १ ईन्च पनि छुट नहने उनले बताए ।

अधिकांश सहकारीका कर्मचारिलाई सम्पत्ति शुद्धिकरणबारे ज्ञान कम रहेको र आफ्नो सम्पत्ति शुद्धिकरण गर्ने न्यून रहेको सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । “विभागले अनुसन्धान मात्र गर्ने र सहकारीलाई सम्पत्ति शुद्धिकरणका वारेमा सिकाउने काम नगर्ने र गर्दैन, उनले भने सम्पत्ति शुद्धिकरणमा सिधै सहकारीलाई नै दायरामा ल्याउने भएकाले आवश्यक पर्ने सबै काम सहकारीले नै गर्नुपर्ने छ ।”

कार्यक्रम नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्