सेञ्चुरी बैंकबाट किन बाहिरिए जिवन ? « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

सेञ्चुरी बैंकबाट किन बाहिरिए जिवन ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक स्थापनादेखीनै कार्यरत रहेका डेपुटी सिईओ जिवन भट्टराईले आइतबारदेखी बैंक छाडेका छन । बैंक स्रोतले भन्यो आजदेखी जिवन भट्टराई आएका छैनन् । उनि शुक्रबारसम्म बैंक हाजिर भएका थिए ।
विगतदेखी नै सिईओ अनुजमणि तिम्सेना र हालका सिईओ तुलसीराम गौतमसँग खटपट भैरहेकोले उनले बैंक छोडेका छन । सिद्धार्थ बैंकमा सिनियर म्यानेजर रहेका भट्टराई नौ वर्ष अघि सेञ्चुरी बैंकको एजिएममा आएका हुन । उनले मंगलबार नै सिईओलाई राजिनामा बुझाइसकेका छन ।
बैंकमा रहँदा मुख्य डिपाटमेन्टको हेड रहेर अनुचित लाभ लिने गरेको उनिमाथी आरोप छ । सिईओकै बराबरी तलव खाने जिवनले साखा विस्तारबाट पनि लाभ लिने गरेको आरोप लाग्दै आएको छ ।
तत्कालिन सेञ्चेरी बैंकका सिईओ रकेका अनुजणी तिम्सेनालाई काम गर्न नदिएपछि तिम्सेन सेञ्चुरी छोडेर कुमारी बैंकको सिनियर डेपुटी सिईओमा गएका थिए । सुरुका सिईओ गणेशकुमार श्रेष्ठले ल्याएका जिवन गणेश र उनको श्रीमतीको आडमा बैंकमा अरुलाई काम गर्न नदिएको आरोप । प्रोफेसनल सिईओलाईनै काम गर्न अवरोध गर्दै आएका जिवनले यस पटक पनि सिईओ गौतमलाई हटाउन प्रयास गरेका थिए । संचालक समितिमा उनको पक्षमा श्रीमती उमा श्रेष्ठमात्रै रहेपछि जिवनले बाध्य भएर राजिनामा दिएका हुन ।
हिमालयन बैंकबाट क्यारिअर सुरु गरेका जिवनले त्यहा ५ वर्ष विताए । त्यसपछि सिद्धार्थ हुँदै सेञ्चुरी पुगेका हुन । अपरेसनमा दख्खद राख्ने जिवनले आफु पिएचडि गर्न जान लागेकाले बैंक छोडेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्