पर्यटन बोर्डको नयाँ सीइओ बने रेग्मी « Arthapath.com
१४ माघ २०७६, मंगलवार

पर्यटन बोर्डको नयाँ सीइओ बने रेग्मी



काठमाडौं  । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक धनन्जय रेग्मी नियुत्त भएका छन् ।
मंगलबार साँझ बसेको बोर्डको सञ्चालक समितिको बैठकले रेग्मीलाई नियुक्त ४ वर्षको लागी सिईओ नियुक्त गरेको हो । सीईओ छनोट उपसमितिले रेग्मीलाई १ नंबरमा राखेर सिफारिस गरेको थियो । उनको प्रश्तुतिकरणमा सबैभन्दा बढी नम्बर आएको थियो ।

पर्यटन बोर्डको सिईओ बन्न सुरुमा १७ जनाले आवेदन दिएका थिए । आवेदक मध्ये ९ जनामात्र उम्मेदवार योग्य ठहरिएका थिए । मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको पर्यटन बोर्डको बैंठकले रेग्मीलाई सिईओ नियुक्त गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले रेग्मीलाई बनाउन चाहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले दिपक वस्ताकोटीलाई रोजेका थिए । वास्ताकोटी सहित बोर्डकै वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरी पनि ३ जनामा छनोटमा परेका थिए । लामो समयको विवादपछी रेग्मी सिईओ बन्न सफल भएका हुन । सिईओमा नियुक्त रेग्मी त्रिभुवन विश्वविद्यालयमा जियोग्राफी विभागमा सह–प्रध्यापकसमेत हुन । उनले जापानको विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन ।


प्रतिक्रिया दिनुहोस्