अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पोखरामा सम्पन्न « Arthapath.com
२१ माघ २०७६, मंगलवार

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पोखरामा सम्पन्न



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा तीन दिने आधारभुत निर्जीवन विमा अभिकर्ता तालिम पोखरामा सम्पन्न भएको छ । तालिम १७ गतेदेखी १९ गतेसम्म सञ्चालन भएको थियो । तालिममा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले प्रशिक्षण दिएका थिए । तालिममा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र यसका चुनौति र यसको विकास र विस्तारका साथै बिमाका औचित्यका वारेमा तालिम दिईएको हो ।

केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए भने भने अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा स्पष्ट पारे ।

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन अजोड इन्स्योरेन्स गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए । केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहजिकरणको कार्य गरेकी हुन् । साथै सहजिकरणको कार्यमा पोखरा शाखाका कर्मचारीहरुले पनि सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्