हिमालयन बैंकका सञ्चालकले डेपुटी गभर्नबाट लिए सपथ « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

हिमालयन बैंकका सञ्चालकले डेपुटी गभर्नबाट लिए सपथ



काठमाडौं । हिमालयन बैंकको संचालक समिति अध्यक्षमा तुलसी प्रसाद गौतम निर्वाचित भएका छन । बैंक संचालक समितिको २९ गते बुधवार बसेको ३ सय ८१ औ बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

नव नियूक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले फाल्गुन १ गते पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन । सपथ ग्रहण कार्यक्रममा बैंकका संचालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा लगायत वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्दछन । समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिंदै उनको कार्यकालमा हिमालयन बैंकले थप उत्साह जनक प्रगतिको कामना गरे ।


प्रतिक्रिया दिनुहोस्