सिभिल लघुवित्तको कामु सिईओमा आचार्य

काठमाडौं । सिभिल बैंकको सहायक कम्पनी सिभिल लघुवित्तको कामु सिईओमा विनोद आचार्य चयन भएका छन ।
सिभिल लघुवित्तको सिईओ रहेका बलराम पौडेलले कम्पनी छाडेपछि बोर्ड बैठकले आचार्यलाई कामु सिईओ बनाएको हो ।
आचार्यलाई फागुन १ गतेदेखि लागु हुनेगरी कामुको जिम्मेवारी दिइएको संस्थाले विज्ञेप्तीमा जनाएको छ ।