मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज



काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको सिईओमा कविन्द्रध्वज जोशीलाई नियुक्त गरेको छ ।
हाल एनआइविएल एस क्यापिटलको महाप्रवन्धक रहेका कविन्द्रध्वज जोशी ५ वर्ष अघि एनआइविएल क्यापिट गएका थिए । मर्चेन्ट बैंकिङमा २ दशकभन्दा बढी विताइसकेका जोशी आगामी बैंसाखदेखी मुक्तिनाथ क्यापिटलको सिईओ सम्हाल्ने भएका छन ।

जोशीले एनआएईविएल एस क्यापिटलबाट राजिनामा दिइसकेका छन । तर उनको राजिनामा स्वीकृत भैसकेको छैन । ग्रोमोर मर्चेन्ट बैंकिङ संस्थापक समेत रहेका जोशी मर्चेन्ट बैंकिङका एक्पर्ट हुन । मुक्तिनाथ विकास बैंकले हालै बहुमत सेयर किनेर नाम चेन्ज गरेर मुक्तिनाथ क्यापिटल बनाएको ६ महिना नपुग्दै आक्रामक बजार विश्तारको लागी सिईओ नियुक्ती गरेको हो ।

यसअघि भिबोर क्यापिटलबाट कारोवार गर्दै आएको सो कम्पनीले बजारमा खासै काम गरेको थिएन । मुक्तिनाथ विकास बैंकले किनेपछी क्यापिटलमा हाल सौरभ तिम्सिना सिईओ छन ।


प्रतिक्रिया दिनुहोस्