बैंकको व्राण्डिङमा तिब्र मुभमेन्ट « Arthapath.com
२ चैत्र २०७६, आईतवार

बैंकको व्राण्डिङमा तिब्र मुभमेन्ट



काठमाडौं । आइतबार विहानै माछापुच्छ्रे बैंकका म्यानेजर कृष्ण सुवेदीले बैंक छोडेको जानकारी सामाजीक सञ्जालमा पोष्ट गरे । ९ महिनाअघि एनएमबि बैंकबाट माछापुच्छ्रे बैंक ज्वाइन गरेका सुवेदी यसै साता नविल बैंक हाजिर हुने भएका छन । उनि नविलमा पनि पव्लिक रिलेसन एण्ड विजनेश डेभलपमेन्ट विभाग हेर्नेगरी जान लागेका हुन ।

२ साता अघिमात्रै नविल बैंकले ग्लोवल आइएमई बैंकबाट गणेश अवस्तीलाई भित्र्याएको छ । अवस्ती ग्लोवल आईएमईमा चिफ म्यानेजर रहेका थिए । अगस्ती ग्लोवल आइएमईको राम्रो कर्मचारी थिए । त्यस्तै ग्लोवल बैंकको ज्ञानेश्वर साखा प्रवन्धक रहेका रविन्द्र ढकाल पनि सनराइज बैंकको पव्लिक रिलेसन तथा विजनेश डेभलपमेन्ट लगायत ६ ओटा डिपार्टमेन्ट हेर्नेगरी ल्याएको छ ।

विगतमा ग्लोवल आईएमई बैंकको सिईओ जनक शर्मासंग नजिक रहेर काम गरेका आरती राणापनि डिजिएममा सनराइज बैंक ज्वाइन गरिसकेकी छिन । ढकाल पनि जनक शर्माकै आग्रहमा सनराइज बैंक गएका हुन ।

त्यस्तै सेञ्चुरी बैंकको पिआर हेर्दै आएका सिनियर म्यानेजर रञ्जन खड्का एनआइसि एसिया बैंकको एजिएममा १ महिना अघिनै ज्वाइन भैसकेका छन । सेञ्चुरी बैंकले पिआर अफिसर खोजिरहेको भएपनि एनएमबी बैंकमा पिआर हेर्दै आएका स्वस्तीक सुवेदीलाई असिष्टेन म्यानेजरमा आजै चत्रै २ गतेदेखी हाजिर गराएको छ ।

एनएमबी बैंककै मार्केटिङ हेड रहेका गोविन्द ज्ञावाली आध्यामीक स्वभावका बैंकर हुन् । उनले पनि ३ महिनाअघिनै एनएमबी बैंक छाडेर तालिममा व्यस्त छन् । उनि छिट्टै कुनै कर्पोरेट हाउसमा मिडिया हेर्नेगरी जानलागेका हुन् ।

बैंकहरुको मुख्य साखाभित्रै पर्ने ब्राडिङमा कर्मचारीहरुको मुभमेन्ट बढ्न थालेको छ । १ महिना अघि एनआइसि एसिया छाडेका सुजन पुडासैनीलाई बैंकअफ काठमाडूले भित्र्याइसकेको छ । पुडासैनी कममा दत्तचित्त भएर खट्ने कर्मचारी हुन ।

उता ज्योती विकास बैंकको ब्राण्डिङ हेर्दै आएकी अर्पना बज्राचार्यले सांग्रिला विकास बैंक ज्वाइन गरेको १ साता वितिसकेको छ । सांग्रिलाको मार्केटिङ म्यानेजरको रुपमा गएकी अर्पनालाई त्यहाँ डेपुटी म्यानेजर पद दिइएको छ । उता ज्योतीमा कर्पोरेट हाउसमा काम गरेका कुशलजंग अधिकारीले ब्राण्डिङ सम्हालिसकेका छन ।


प्रतिक्रिया दिनुहोस्