नवनियुक्त गभर्नर अधिकारीको ११ बजे सपथ ग्रहण, साढे ११ मा कार्यभरा सम्हाल्दै « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

नवनियुक्त गभर्नर अधिकारीको ११ बजे सपथ ग्रहण, साढे ११ मा कार्यभरा सम्हाल्दै



काठमाडौं । नवजनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ ग्रहण लिने भएका छन । सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चालेन्द्र सम्सेर राणाको कार्यकक्षमा अधिकारीले सपथ लिने भएका हुन । उनलाई सर्वाेच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाले सपथ खुवाउने भएका छन ।

मंगलबार ११ बजे सपथ ग्रहण लिने छन भने साढे ११ बजे कार्यभारको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

कोरोना भाईरसका कारण सपथ ग्रहण कार्यक्रममा २५ जनाभन्दा बढि सहभागी नहुने जनाईएको छ । सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ कर्मचारीको मात्र सहभागतिा रहने छ ।

राष्ट्र बैंकको १७ औँ गभर्नरका रुपमा उनलाई सोमवारको मन्त्रीपरिषदले नियुक्त गरेको हो । सपथ ग्रहण कार्यक्रम पश्चात कार्यभार सम्हाल्दा २ जना डेपुटी गर्भनर, राष्ट्र बैंकका १७ जना विभागीय प्रमुखहरु र गभर्नर कार्यालयका कर्मचारीहरुको मात्र सहभागीता रहने डेपुटी गभर्नर शिवाकोटीले बताए ।


प्रतिक्रिया दिनुहोस्