नेपाल लाइफ इन्स्योरेन्स कामु सिईओमा प्रसाईँ, २ कार्यकाल विताएर विदा भए झा « Arthapath.com
१ श्रावण २०७७, बिहीबार

नेपाल लाइफ इन्स्योरेन्स कामु सिईओमा प्रसाईँ, २ कार्यकाल विताएर विदा भए झा



काठमाडौं । जीवन बीमा बजारको अग्रणिय संस्था नेपाल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सन्तोष प्रसाईँ नियुक्त भएका छन । २ कार्यकालका कारण सिईओ विवेक झा विदा भएका छन ।

कम्पनीले साउन १ गतेदेखी लागु हुनेगरी झाको राजिनामा स्वीकृत गरी प्रसाईँलाई कामुको जिम्मेवारी दिएका छन । नेपालका नं. १ जीवन बीमा कम्पनी बनाएका झा २०६७ भदौमा नेपाल लाईफ इन्स्योरेन्स ज्वाइन गरेका थिए ।

झाको बिदाईसँगै कम्पनी बोर्डले डेपुटी सीईओ रहेका सन्तोष प्रसाईंलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको छ । प्रसाईँ ३ वर्ष अघि नेपाल लाईफ ज्वाइन गरेका थिए । उनि बिमा समितिमा चाटर्ड एकाउन्टेनको रुपमा काम गरेका व्यक्ति हुन ।

विवेक झाले २ कार्यकाल सिईओको रुपमा नेतृत्व दिँदा कम्पनीले फड्को मारेको थियो । बिमा ऐन पास भएपछि झा पुन नेपाल लाईफ फर्कनसक्ने छन ।


प्रतिक्रिया दिनुहोस्