नेपाल लाइफ इन्स्योरेन्सको कार्यवाहक सिइओमा सन्तोष प्रसाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आज साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सिइओको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका छन ।
असार ३१ गते बसेको संचालक समितिको बैठकले उहाँलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो ।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध थिए ।उनले यसअघि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका छन ।