राजदुत र मुख्यसचिव नियुक्तिमा प्रधानमन्त्रीले एकलौटी गरेको भन्दै प्रचण्ड रुष्ट, आजै भेटवार्ता

काठमाडौं । बुधबार मन्त्रीपरिषद बैठकले २ देशका राजदुत र मुख्य सचिव नियुक्त गरेपछी नेकपामा विवाद सुरु भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यसचिव र २ राजदुत नियुक्तिमा पार्टीलाई जनाकारी नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड रुष्ट भएका छन ।
पार्टीको यसअघिको सचिवालय बैठकले महत्वपुर्ण राजनितीक नियुक्तिमा पार्टीले सिफारिस गर्ने भन्ने निर्णय भएको भएपनि प्रधानमन्त्रीले ३ महत्वपुर्ण नियुक्ति पार्टीको सल्लाहविनै गरेको भन्दै प्रचण्ड रुष्ट बनेका छन । सोही विषयलाई लिएर दाहाल शुक्रबार विहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन ।
बिहीबारको मन्त्रीपरिषद बैठकले मुख्यसचिवमा शंकरदाश बैरागी बेलायतका लागी नेपाली राजदुतमा निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी र अमेरीकाका लागी नेपाली राजदुतमा निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरिएको थियो । सोही नियुक्तिलाई लिएर नेकपाका २ अध्यक्षविच विवाद सुरु भएको छ । महत्वपुर्ण निर्णय पार्टीको सल्लाहमा गर्ने निर्णय बेगर प्रधानमन्त्रीले आफुखुसी गरेको भन्दै अर्का अध्यक्ष प्रचण्ड रुष्ट बनेका छन ।
हिजोको नियुक्तिमा प्रचण्डको कोटामा कोहीपनि नपरेपछि दाहाल रुष्ट बनेका हुन । मन्त्रीपरिषद विस्तारको विषयलाई लिएर २ अध्यक्षविच भेटवार्ता नै हुन छाडेको बेलामा सरकारले गरेको नियुक्तिले झनै आसंका बढेको छ ।