नेपाल बायुसेवा निगमको महाप्रवन्धकमा सिए पौडेलले मारे बाजी « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

नेपाल बायुसेवा निगमको महाप्रवन्धकमा सिए पौडेलले मारे बाजी



काठमाडौं । नेपाल बायु सेवा निगमको महाप्रवन्धकमा पुर्व एमालेका कार्यकर्ता तथा चाटर्ड एकाउन्टेन डिम प्रकाश पौडेलले नियुक्ति पाएका छन । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले पौडेललाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।

पौडेल यसअघि पुर्व सचिव शुशिल घिमिरेको नेतृत्वमा गठित निगम सुधार कार्यदलको सदस्य समेत हुन । सरकारले निगमको कार्यकारी अध्यक्ष रहेका मदन खरेलले राजिनामा गरेपछि घिमिरेलाई नै कार्यकारी अध्यक्ष बनाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए । आफ्नै विभागका सदस्यलाई मन्त्री भट्टराईले निगमको महाप्रवन्धक बनाएका हुन ।

गत असारमा पौडेल निगमको संचालक बनेका थिए । नेपालमा विक्री हुने भारतिय आइचर गाडीको विक्रेता बतास कम्पनीको अधिकृत विक्रेता इष्टर्न अटोको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले बेलायतबाट चाटर्ड एकाउन्टेन्ट गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्