३ महिना थपियो जनरल इन्स्योरेन्सको जिएम तमोटको कार्यकाल

काठमाडौं । जनरल इन्स्योरेन्सको जनरल म्यानेजर एसके टमोटको कार्यकाल ३ महिनाको लागगी थप भएको छ । तमोटको कार्यकाल यही कात्तिक १८ गतेसम्म रहेको थियो ।
जनरल इन्स्योरेन्स कम्पनीले नयाँ सीईओ नियुक्तीको प्रक्रिया अगाडी बढाएको भएपनि कोरोनाको कारण सीईओ नियुक्ती भएको छैन । कम्पनी स्थापनाभएदेखीनै प्रमुखको रुपमा कार्यगर्दै आएका तमोटलाइनै तीन महिनाका लागी थप गरेको हो ।
कात्तिक १४ गते बसेको संचालक समिति बैठकले आगामी ३ महिनाभित्र सीईओ नियुक्ती गर्ने भन्दै तमोटलाईनै ममाघ १८ गतेसम्मको लागि म्याद थप गरेको हो ।