ओलीका युवराजले भने ‘अहिलेसम्म पाएका सबै पद मागेको होइन, क्षमताले खाएको हुँ’ « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

ओलीका युवराजले भने ‘अहिलेसम्म पाएका सबै पद मागेको होइन, क्षमताले खाएको हुँ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र मानिने पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले अहिलेसम्म सबै पद मागेको नभइ क्षमताले पाएको बताएका छन ।

अमेरीकाको लागी नेपाली राजदुतमा प्रस्तावित डा. खतिवडाले बिहीबार संसदिय सुनुवाइ समितिमा आफुले कसैको निगाहमा कुनैपनि पद प्राप्त नगरेको स्पष्ट पारेका छन । डा. खतिवडाले २०६६ सालमा नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्रियसभा सदस्यदेखि अर्थमन्त्री बनेका थिए । साँढे २ वर्ष अर्थमन्त्री बनेका खतिवडा प्रधानमन्त्री केपी ओलीको अतिनै विश्वासपात्र हुन ।

डा. खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुर्ननियुक्ती गर्न पार्टीले उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न बाध्या पारिएको थियो । त्यसपछि व्याक हटेका ओलीले मन्त्रीबाट राजिनामा गरेको १ साता वित्न नपाउँदै प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

विहीबार प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई भएको हो । अमेरिकाका लागि राजदूत प्रस्तावित डा. युवराज खतिवडाले आफु अर्थतन्त्रको विज्ञ भएकाले आर्थिक कुटनितीकोसमेत भुमिका निर्वाह गर्ने बताए । बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेका पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माको सुनुवाई भएको हो ।


प्रतिक्रिया दिनुहोस्