गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा विवेक दुगड़ चयन, ५.२५ प्रतिशत बोनस शेयर दिने « Arthapath.com
२४ असार २०८२, मंगलबार

गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा विवेक दुगड़ चयन, ५.२५ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पुन विवेक दुगड चयन भएका छन । बिहीबार बसेको इन्स्योरेन्सको दशौं वार्षिक साधारण सभाले पुन अध्यक्षमा विवेकलाई चयन गरेको हो ।

संचालक समितिका अध्यक्ष विवेक दुगडको सभापतित्वमा आज मंसीर ४ गते बिहिबारका दिन साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४/०७५ को मुनाफाबाट जारि पुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । साथै १० औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका छन ।

नव निर्वाचित संचालक समितिको आजै बसेको १६२ औं बैठकले विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्