मंगलबारको मन्त्रीपरिषद बैठकले गर्यो ३ राजदुत नियुक्तीको सिफारिस « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

मंगलबारको मन्त्रीपरिषद बैठकले गर्यो ३ राजदुत नियुक्तीको सिफारिस



काठमाडौं । मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले ३ देशमा नेपाली राजदुत नियुक्तको लागी सिफारिस गरेको छ । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो । सरकारले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीलाई राजदुत बनाउन सफिारिस गरेको हो । सिफारिसमा परेका नवनियुक्त राजदुतहरुको सार्वजनिक सुनुवाईपनि नियुक्ती हुनेछ ।


प्रतिक्रिया दिनुहोस्