गोप्य राखिएको अख्तियार प्रमुख प्रेम राईले अव ४५ दिन कुर्नुपर्ने

काठमाडौं । सरकारले संबैधानिक परिषद संबन्धी अध्यादेश ल्याएर नियुक्त गरिएको अख्तियार अनुसन्धान आयोगको प्रमुख प्रेम कुमार राईको गोप्य राखिइएको निर्णय संसद विघटन भएसंगै बाहिर आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षदेश फिर्ता गरे भने राईको नियुक्ती नगरिएको जिकिर गरेका थिए । संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व गृह सचिव प्रेम कुमार राईलाई सिफारिस गरेको थियो । तर पार्टीमा अध्यक्षदशे किन ल्याएको भन्दै नेकपाका अर्का प्रचण्ड बरिष्ठ नेता माधव कुमार नेपाल लगायतले बिरोध जनाएका थिए ।
पार्टीका नेताहरुलाई नियुक्तीको निर्णय गोप्य राखेपनि सरकारले आज संसद विघटन गरेपछि सो निर्णय सार्वजनिक गरेको हो । सरकारले संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधि, सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गते नै परिषद बैठक बसी प्रमुख आयुक्तमा राईलाई सिफारिस गरेको थियो ।
संसदको सार्वजनिक सुनुवाई हुनुपर्ने राईको नियुक्ती संसद विघटन भएसंगै अव ४५ दिन कुर्नुपर्नेछ । समितिले गरेको सिफारिस गोप्य राखिए पनि आइतबार सुनुवाईको लागी संसद सचिवालयमा पत्र पठाइएको थियो ।