जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा लुम्बिनीका श्रेष्ठ नियुक्त, तमोट बिदा भएपछि ४ दिनदेखी दावी फर्च्योट ठप्प « Arthapath.com
२२ माघ २०७७, बिहीबार

जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा लुम्बिनीका श्रेष्ठ नियुक्त, तमोट बिदा भएपछि ४ दिनदेखी दावी फर्च्योट ठप्प



काठमाडौं । जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा रामचन्द्र श्रेष्ठले नियुक्ती पाएका छन । श्रेष्ठ लुम्बिनी जनरल इन्स्योरेन्सका डेपुटी रहेका श्रेष्ठलाई जनरल इन्स्योरेन्सको नियुक्ती पाएका छन ।
जनरल इन्स्योरेन्सको महाप्रवन्धक रहेका एसके टमोटको कार्यकाल १८ गतेनै सकिएको थियो । तमोट आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै घरमा बसिरहेको बताएका छन । उद्येपी टमोटको कार्यकाल रिन्यू भने भएको छैन ।

श्रेष्ठ हाल लुम्बिनी जनरल इन्स्योरेन्सका क्लेम हेर्दै आएका छन । यसअघि सीईओको लागी अन्र्तवर्ता दिएका लुम्बिनीकै बीके श्रेष्ठलाई नल्याई जनरलले रामचन्द्रलाई भित्र्याएको छ । सोमबारदेखीनै महाप्रवन्धक रहेका एसके तमोट अहिफ आएका छैनन भने कम्पनीले नयाँ डिसीईओ नियुक्त गरेपनि हाजिर भएका छैनन् ।

हाल जनरल इन्स्योरेन्समा कामु कसैलाई दिइएको छैन । कम्पनीको डिजीएम रहेका राजेश मानन्धरले समेत माघ १ गतेदेखी कम्पनी छाडेका छन । एकैपटक व्यवस्थापन लेवलका २ कर्मचारीले कम्पनी छाडेपनि संचालक समितिले कशैलाई पनि कामुको जिम्मेवारी दिएको छैन ।

एसके तमोट कम्पनी स्थापना भएदेखीनै महाप्रवन्धकको रुपमा कार्यरत रहेका थिए । सुरुमा २ वर्षको लागी नियुक्त भएका तमोट पछि संचालक समितिले ६ महिना र पुनः ३ महिना थप गरेको थियो । अहिले तमोटको कार्यकालपनि थप गरेको छैन भने नयाँ डेपुटी सीईओको जिम्मेवारी दिइएको श्रेष्ठको हाजिर पनि भएको छैन ।

कम्पनीका हाल एजिएम विनेश मास्के र नील बराईली रहेका छन । तर यी दुई मध्ये कसैलाई पनि कामुको जिम्मेवारी दिइएको छैन । त्यसको कारणले कम्पनीको दावी फर्च्योट ठप्प भएको छ । कम्पनीको दैनिक पेमेन्ट लगायतका काम प्रभावित बनेको हो ।


प्रतिक्रिया दिनुहोस्