जनरल इन्स्योरेन्सको कामु प्रमुख कार्यकारीको जिम्मेवारी मास्केलाई « Arthapath.com
२५ माघ २०७७, आईतवार

जनरल इन्स्योरेन्सको कामु प्रमुख कार्यकारीको जिम्मेवारी मास्केलाई



काठमाडौं । जनरल इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी विनेश मास्केलाई तोकेको छ ।

कम्पनी माघ २३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धक रहेका मास्केलाई कामुको जिम्मेवारी तोकेको हो ।

कम्पनीको महाप्रवन्धक रहेका एसके टमोटको कार्यकाल गत माघ १८ गतेनै सकिएको थियो । कम्पनीले अर्को व्यवस्था नभएकोसम्मको लागी मास्केलाई कायममुकायमको जिम्मेवारी तोकोको हो ।

मास्के शिखर इन्स्योरेन्समा स्थापनादेखीनै काम गर्दै आएका हुन । त्यसपछि जनरल इन्स्योरेन्स खुलेदेखीनै ज्वाइन गरेका हुन । बीमा क्षेत्रमा २२ वर्ष काम गरेका मास्के बीमा बजारका अनुभवी व्यक्ति हुन ।

कम्पनीको अर्का डिजिएम रहेका राजेश मानन्धरले पनि माघ १ गतेदेखीनै राजिनामा दिएका थिए । कम्पनीले डेपुटी सिईओमा लुम्बिनी इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्