देउवालाई रिझाउन ओलीले सिफारिस गरे लोकसेवा आयोगको अध्यक्षमा रेग्मी, को कहाँ सिफारिस ? « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

देउवालाई रिझाउन ओलीले सिफारिस गरे लोकसेवा आयोगको अध्यक्षमा रेग्मी, को कहाँ सिफारिस ?



उषा रेग्मी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संबैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पुर्व सचिव माधव प्रसाद रेग्मीलाई नियुक्तीको लागी सिफारिस गरेका छन् ।

प्रधानमन्त्री ओलीले विपक्ष दल काग्रेंसका सभापती शेरबहादुर देउवा निकट रेग्मीलाई आयोगको अध्यक्षमा सिफारिस गरेका हुन । त्यसैगरी आजै बसेको संबैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको खाली सदस्यमा दिलिप रेग्मी र शर्वेन्द्र खनाललाई सिफारिस गरेको छ । लोक सेवा आयोगका अन्य सदस्यहरुमा हरी पौडेल, बीर बहादुर राईलाई नियुक्तीको लागी सिफारिस गरेको हो । सिफारिसमा परेकाहरुको सार्वजनिक सुनुवाईपछि नियुक्ती हुनेछन ।

आइतबार प्रधानमन्त्रीले बोलाएको संबैधानिक परिषदको बैठकमा देउवा गएका थिएनन् । आइतबार बसेको परिषद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता देउवाको साथै सभामुख अग्नी सापकोटा सहभागी भएका थिएनन् । प्रधानमन्त्री ओली, प्रधानन्यायधिस चोलेन्द्र शमसेर जवराका साथै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सीनाको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्