मिर्मिरे लघुवित्तको सञ्चालकमा बोहरा नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्तको सञ्चालकमा बोहरा नियुक्त भएका छन् ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक जनक बहादुर बोहरालाई नियुक्त गरिएको हो ।
कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुनेगरी उनलाई सञ्चाकलमा नियुक्त गरेको हो ।
बोहरालाई जेठ १२ गतेदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।
