प्रधानमन्त्री ओलीद्वरा मन्त्रीपरिषद विस्तार, पुर्व माओवादीबाट नैनकला र ज्वालाकुमारीको इन्ट्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री थप गरेका छन ।
प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री बनाएका छन । ओलीले पुर्व माओवादीबाट हटेका ७ मन्त्री सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिए ।
ओलीले पुर्व माओवादी खेमाका २ महिलालाई मन्त्री बनाएका छन । जसमा रामबहादुर थापापत्नी नैनकला थापालाई संचारमन्त्री बनाएका छन । त्यसैगरी ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाएका छन । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ ४ बजे राष्ट्रपती कार्यालयमा हुनेछ ।
खगराज अधिकारी, गृहमन्त्री
नैनकला थापा, संचारमन्त्री
मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
नारदमुनी राना, वनमन्त्री
गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
ज्वालाकुमारी साह, कृषिमन्त्री
राजकिशोर यादव, उद्योगमन्त्री
आशा विक, वनराज्यमन्त्री