मिर्मिरे लघुवित्तका सीईओ याक्सोद्वारा राजिनामा, निमित्त सीईओमा न्यौपाने नियुक्त « Arthapath.com
३० जेष्ठ २०७८, आईतवार

मिर्मिरे लघुवित्तका सीईओ याक्सोद्वारा राजिनामा, निमित्त सीईओमा न्यौपाने नियुक्त



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार याक्सोले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा असार १ गतेदेखि लागू हुनेगरी संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

संस्थाको जेठ २९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

उनले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका निती नियमको परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्यहरू सञ्चालन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्