युनियन लाइफका सिईओ कर्णको कार्यकाल ४ वर्ष थप

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले साउन १ गतेदेखि लागु हुनेगरि कार्यकाल थप गरेको हो । सीईओ कर्णको कार्यकाल असार मसान्तबाट सकिँदैछ । तर सकिनुभन्दा अगाडी नै उनको कार्यकाल थप्ने निर्णय गरेको हो । कर्णको थप कार्यकाल ४ वर्षको हुनेछ ।
कम्पनीको सञ्चालक समितिले २०७४ साउन महिनामा कर्णलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको थियो ।
बीमा क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेका कर्ण युनियन लाइफमा आएपछि पुराना जीवन बीमा कम्पनीलाई पछि पार्न सफल भएका छन् । युनिनय लाइफ इन्स्योरेन्सले २०७४ असोज ४ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । बीमा क्षेत्रमा ‘इनोभेटिभ’ व्यक्तित्वका रुपमा रहेको कर्णले एमबिए गरेका छन् ।