नाडा अध्यक्षमा थापा विजयी, कार्यसमितिमा चाैधरी प्यानलकाे वर्चश्व

काठमाडाैं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन्। फाेर्स माेटर नेपालका डिलर थापाले चर्चित अटाे व्यवसायी करण चाैधरीलाई पराजित गरेका छन् । शुक्रवार विहान घाेषित परिणाम अनुसार थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भए ।
अध्यक्षमा पराजित करण चौधरीले १३ सय ४७ मत पाएका छन् । नाडामा चाैधरी प्यानलकाे बर्चर्श्व छ । चुनाबमा थापा र चौधरीले प्यानलनै बनाएर मनाेनयन दर्ता गरेका थिए । चाैधरी पराजित भएपनि १७ सदस्यीय पदाधिकारीमा चाैधरी प्यानलका १२ जना थापाको प्यानलका ५ जना विजयी भएका छन्।
आकाश गाेल्छा राजनबाबु श्रेष्ठ निराकार श्रेष्ठ
अध्यक्ष थापा पक्षका निराकार श्रेष्ठ, आकाश गाेल्छा, कपिल शिवाकाेटी, प्रदिपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भए भने चाैधरी प्यानलका राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गाेपाल भट्टराई विजयी भएका छन् ।
नाडाकाे ४५ अाैं साधारणासभा बुधबार अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । नाडामा ठुला घरानाविच अान्तरिक खिचातानीले चुनाव भएकाे थियाे ।