नेपाल पुनर्बीमा कम्पनीको संचालकमा पाण्डे र पन्त निर्वाचित « Arthapath.com
२२ पुष २०७८, बिहीबार

नेपाल पुनर्बीमा कम्पनीको संचालकमा पाण्डे र पन्त निर्वाचित



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको संचालकमा २ जना निर्वाचित भएका छन् । कम्पनीको संचालकमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त निर्वाचित भएका हुन् ।

नेपाल पुर्नबीमा कम्पनीमा बीमा कम्पनीहरूको तर्फबाट २ संचालकको लागि चयन हुन्छन् । तर यसपटक संचालकका लागि ४ जनाले दाबी गरेका थिए ।

शिखरका सीईओ पाण्डे नेपाल पुर्नबीमा कम्पनीका हाल पनि संचालक रहेका थिए । नेपाल पुर्नबीमा कम्पनीको संचालक बन्न सूर्या लाइफका सञ्चालक रहेका हेमन्त नाहटा, सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र बैदवार र युनाइटेड इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासनाले संचालकको लागि उम्मेदवारी दर्ता गराएका थिए । तर सीईओ उपाशना पौडेलले उम्मेदवारी फिर्ता लिएकी थिईन् ।

कम्पनीको छैठौं वार्षिक साधारण सभा पौष २२ गते बिहिबार काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्