नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री र महासचिवमा खड्का « Arthapath.com
२३ पुष २०७८, शुक्रबार

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री र महासचिवमा खड्का



काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्बिरोध चयन भएका छन् । यसअघि क्षेत्री संघको महासचिव थिए । त्यस्तै, उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बहादुर बैदवार, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

महासचिवमा भने ठुलै रस्साकस्सी नै चलेको थियो तर अन्तिम समयमा सहमतिमा नै चयन भएको हो । महासचिवमा अजोड इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्री, वर्तमान कार्यसमितिका कोषाध्यक्ष रहेका आइएमई जनरल इन्स्योरेन्सका योगेशभक्त बादे श्रेष्ठ, नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का र एभरेस्ट इन्स्योरेन्सका सीईओ कमल गौतमले दाबी गरेका थिए ।

बीमक संघको सदस्यमा प्रभु इन्स्योरेन्सका संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सीईओ कुमार खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्