चन्द्रागिरी हिल्सको सञ्चालकमा २ जना नियुक्त

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा उमा विष्ट जिसी र स्वतन्त्र सञ्चालकमा प्रेम राज जोशीलाई नियुक्त गरेको हो ।
कम्पनीको पौष २९ गते वार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्तले सभाले आगामी ४ वर्षका लागि दुवैजनालाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
