हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्दै विजयबहादुर शाह

काठमाडौं । विजय बहादुर शाह हिमालयन इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) बन्ने भएका छन् । हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालक समितिले सीईओमा शाहलाई नियुक्त गर्ने निर्णय गरिसकेको स्रोतले बताएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्य फागुनदेखि बाहिरिने भएपछि शाहलाई नियुक्त गर्ने भएको हो । विजय बहादुर शाह फागुन १ गतेदखि हिमालयन जनरल इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने स्रोत बताउँछ ।
इन्स्योरेन्सको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी बज्राचार्यको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरेको थियो । उक्त करार संशोधन सँगै फागुनदेखि इन्स्योरेन्स कम्पनी सीईओ विहीन बन्ने छ । तर कम्पनीको सञ्चालक समितिले शाहलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिसकेको छ ।
नेपाल इन्स्योरेन्सको सीईओ पदबाट ४ बर्षे कार्यकाल सकेर गत साउन ९ गते बाहिरिएका थिए । शाहले ६ महिनाको कुलिङ पिरियड सकेर हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बन्न लागेका हुन् ।
बीमा क्षेत्रलाई राम्रोसँग बुझेका सीईओ शाहले नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका थिए । कुशल व्यावसायीक व्यवस्थापक शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनीलाई ब्यावसायीक कम्पनीका रुपमा रुपान्तरण गरेका थिए । सधै उचाइ छुन अभिप्रेरित गर्ने उर्जाशील शाह बरिष्ठ चार्टड एकाउन्टेन्ट, एमबीएसम्मको अध्ययन गरेका छन् ।
सीईओ शाह फिलिपिन्समा सचिवालय रहेको विकासशिल देश हरुको बीमक तथा पुनर्बिमकहरुको संघ (Association of Insurers and Reinsurers in developing Countries) को अध्यक्ष समेत रहेका छन् ।
शाह नेपाल व्यबस्थापन संघबाट २०१४ मा बर्षको उत्कृष्ट ब्यबस्थापकबाट सम्मानित समेत भएका थिए । बीमा क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ । शाह देशमा कार्यरत बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष समेत भएका थिए ।
शाह बीमाका ज्ञाता र बीमाको शक्तिका बारेमा देश तथा बिदेशमा जागरुकता बढाउने संजालमा समेत आबद्ध रहेका छन् । शाहले बीमाका बारेमा बिभिन्न देसी, बिदेशी संघ, संस्था, दातृनिकायलाई समेत सुझाव सल्लाह समेत दिँदै आएका छन् ।