सानिमा इन्स्योरेन्सको डीजीएममा रेना रिजाल नियुक्त « Arthapath.com
२३ माघ २०७८, आईतवार

सानिमा इन्स्योरेन्सको डीजीएममा रेना रिजाल नियुक्त



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डीजीएममा रिजाल नियुक्त भएकी छन् । सानिमा जनरल इन्स्योरेन्सले डेपुटी जेनरल म्यानेजर (डीजीएम) मा रेना रिजाललाई नियुक्त गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सबाट करिअर शुरु गरेकी रिजालसँग बैंकिङ्ग क्षेत्रको समेत अनुभव छ । रिजालले एभरेष्ट इन्स्योरेन्समा ११ वर्ष काम गरेकी थिईन् । उनले कुमारी बैंकमा ११ वर्ष काम गरेर म्यानेजरको पद सम्हालि सकेकी छिन् । कुमारी बैंकमा डिपोजिट हेड भएर काम गरिसकेकी छिन् । कुमारी बैंक छाडेको करिब डेढ वर्ष पछि उनी पुन इन्स्योरेन्स क्षेत्रमा फर्किएकी हुन् ।

बैंक तथा वित्तीय संस्थामा २ दशक अनुभव संगालेकी रिजाल सानिमा जनरल इन्स्योरेन्सबाट पुन इन्स्योरेन्समा नै फर्किएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्