जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा पुनः पोख्रेल नियुक्त

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीराम पोख्रेललाई पुनः नियुक्त गरेको छ ।
लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले सीईओ पदमा पोख्रेललाई पुन नियुक्त गरेको हो । तर लघुवित्तले पोख्रेलको पदावधी दुई वर्ष मात्रै थपेको हो । पोख्रेल अब २०८० माघ २७ गतेसम्म लघुवित्तको सीईओ बन्ने छन् ।
