राष्ट्रिय सहकारी बैंकको डिजिएममा मनोज खड्का नियुक्त, आजै कार्यभार सम्हाले « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

राष्ट्रिय सहकारी बैंकको डिजिएममा मनोज खड्का नियुक्त, आजै कार्यभार सम्हाले



काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिसमा खड्का डिजिएमममा नियुक्त भएका हुने । खड्काले फागुन १५ गते आइतबारदेखी कार्यभार समालेका छन् ।

नबिल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव खड्कासँग रहेको छ ।

तत्कालिन समयमा टुरिजम बैंक मर्जपश्चात बनेको मेगा बैंक हुँदै २९ वर्षदेखी बैकिङ्क क्षेत्रमा काम गरेको अनुभव खड्काले संगालेका छन् ।

बैकिङ्क क्षेत्रमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव छ ।

बैंकका अध्यक्ष केबी उप्रेतीले खड्कालाई स्वागत गर्दै यस अघिको बैकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउदै नायव महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने बताए । साथै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैकिङ्क क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्