प्रभु लाइफका सीईओ नारायण पौडेलको राजीनामा, प्रसाईं बन्लान त सीईओ ? « Arthapath.com
३० फाल्गुन २०७८, सोमबार

प्रभु लाइफका सीईओ नारायण पौडेलको राजीनामा, प्रसाईं बन्लान त सीईओ ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण पौडेलले राजीनामा दिएका छन् । सीईओ पौडेलले २०७९ बैशाख १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

प्रभु लाइफको फागुन १८ गते बसेको संचालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको थियो । पौडेल २०७६ जेठदेखि प्रभु लाइफको सीईओ पदमा काम गर्दै आएका छन् । उनी नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् ।

कम्पनीले बीमा विज्ञका रुपमा चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई नियुक्ति गरिसकेको छ । प्रसाईं अहिले कुलिङ पिरियड सकिरहेका छन् । सोही कारण प्रभु लाइफको सीईओमा नियुक्त हुन पाउने छैनन् । कुलिङ पिरियड सकिने वित्तीकै प्रसाईलाई सीईओ बनाउने गरी विज्ञमा नियुक्त गरिएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्